फाल्गुन २४ । टर्कीमा सत्ता पलटको षड्यन्त्र गरेको अभियोगमा आजीवन कारावासको सजाय काटिरहेका पूर्व सेना प्रमुख जनरल इकर बासबग जेलमुक्त भएका छन् ।
टर्कीको संवैधानिक अदालतले कानुनी र प्राविधिक आधार उल्लेख गर्दै सजाय उल्टाएको भोलिपल्टै बासबग जेलमुक्त भएका हुन् । अदालतले जनरल बागबसको सजायले उनको अधिकार हनन् गरेको ठहर गरेको थियो ।
सन् २००८ देखी सन् २०१० सम्म सेनाध्यक्ष रहेका बागबासलाई गत अगष्टमा आजीवन कारावासको सजाय सुनाइएको थियो । उनले आरोप अस्वीकार गर्दै आएका थिए । जनरल बागबास सहित दर्जनौं अधिकारीहरुलाई सत्ता षड्यन्त्रको आरोप लगाइएको थियो ।
Agencies