फाल्गुन २४ । केन्यामा राष्ट्रपति उहुरु केन्यात्ताले आफ्नो पारिश्रमिकमा २० प्रतिशतले कटौति गर्ने घोषणा गरेका छन् ।
सरकारी पारिश्रमिक प्रस्तावलाई सहयोग गर्न भन्दै राष्ट्रपति केन्यात्ता र उनको मन्त्रीमण्डलले तलब कटौति गर्ने घोषणा गरेको हो । उनले विदेश भ्रमण पनि न्यूनतम बनाईने बताए ।
केन्यात्ताले अफ्रिका मै सबैभन्दा बढी पारिश्रमिक लिने आफ्ना सांसदहरुलाई पनि खर्च कटौतिका लागि आग्रह गरेका छन् । सरकारले ४ करोड ६९ लाख डलर पारिश्रमिकमा खर्च भैरहेको भन्दै उनले विकास खर्चमा भने २ करोड ३० लाख डलर मात्रै खर्च गरिने गरेको जानकारी दिए ।
केन्यामा राजीतिकर्मीहरुलाई दिईदै आएको अधिक पारिश्रमिक संवेदनशील मुद्दा बन्दै आएको छ । Imagechannels