जनकपुर, फाल्गुन २४ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले जेठ मसान्त भित्र कुनै पनि हालतमा स्थानीय निकायको चुनाव गराउनुपर्ने बताएकाछन् ।
चुनावका लागि सरकारले गृहकार्य गरी निर्वाचन आयोगलाई तत्काल जिम्मेबारी दिइहाल्नु पर्ने सुझाब उहाँको छ ।
जनकपुरको धनुषामा आज प्रेस चौतारीले गरेको कार्यक्रममा नेता नेपालले स्थानीय निकायमा देखिएको ब्रह्मलुटलाई रोक्न चुनाव मात्रै एउटा विकल्प रहेको बताए । स्थानीय निकायको चुनावले संविधान लेखन कार्य प्रभावित नहुने पनि उनको भनाई थियो ।
IMAGECHANNELS