अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची फागुन २५ । जिल्ला सदरमुकाम सन्धिखर्कमा आदिवासी जनजातीहरुको संस्कृति र भेषभुषाको संरक्षणका लागि पहिलो पटक महोत्सव हुने भएको छ । आदिवासी जनजाती समुदायको संस्कृति भेषभुषा, गीत, नृत्य, उत्पादन गर्ने सामग्री र खानाको परिकारहरुको प्रचारप्रसार र चिनारीका लागि महोत्सव आयोजना गरिएको हो ।
फागुन ३० गते देखि चैत्र ४ गते सम्म सदरमुकाम सन्धिखर्कको शान्ति वगैंचामा सञ्चालन हुने महोत्सवमा आदिवासी जनतातीको संस्कृति झल्कने सांस्कृतिक झाकी, गीत, नृत्य, खानाका परिकार प्रदर्शन गरिने महोत्सव मूल आयोजक समितिका संयोजक युवराज श्रेष्ठले जानकारी दिनुभयो ।
महोत्सवमा नेवार समुदायको भैरव नाच, लाखे नाच,मगरको घाटु नाच, सोरठी नाच पनि प्रर्दशन गरिने छ । जिल्लामा रहेका सबै आदिवासी जनजातीहरुले संयुक्त रुपमा आयोजना गर्न लागेको महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरुको पनि सहभागिता रहने भएको छ । महोत्सवमा कलाकारहरु मिलन लामा, शर्मिला गुरुङ्ग देवी घर्ती, राजु गुरुङ्ग, दिपसागर थापा,सपना गाहा मगर लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती राख्ने भएको छन् ।
महोत्सव आयोजना गर्नका लागि जिल्ला विकास समितिले दश लाख रुपौयाँ बजेट विनियोजन गर्ने भएको छ । महोत्सवको उपप्रधान तथा स्थानिय विकास मन्त्री प्रकासमान सिंहले उदघाटन गर्ने आयोजकले जनाएको छ । महोत्सवमा दश लाख दर्शकले अबलोकन गर्ने अनुमान गरिएको छ ।
Copyright 2014 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।