फाल्गुन २६ । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा भोकमरीका कारण ३० जना बालबालिकाको मृत्यु भएको छ । करिब एक महिनाको अवधिमा कुपोषणग्रस्त ती बालबालिकाको मृत्यु भएको हो ।
खबर आएलगत्तै पाकिस्तानी सेनाले सिन्धको सुखाग्रस्त थार रेगिस्तान इलाकामा आपतकालीन राहत टोली पठाएको छ । खाना र पानीको खोजीमा हजारौं परिवार उक्त क्षेत्रबाट पलायन भएको खबर पनि छ ।
केन्द्र सरकारले पूरै सहयोग गर्ने आश्वासन प्रधानमन्त्री नवाज सरिफले दिएका छन् । प्रभावित परिवारलाई दिइँदै आएको गहुँ २५ किलोग्रामबाट बढाएर ३० किलोग्राम पुर्याइएको छ । (एजेन्सी)