फाल्गुन २८ । मलेसियाली वायुसेनाका प्रमुखले पाँच दिनदेखि हराइरहेको मलेसिया विमानले बाटो बदलेर पश्चितर्फ लागेको भन्ने खबर पुष्टि हुन नसकेको बताएका छन् । आफूलाई उदृत गर्दै विमानले दिशा बदलेको भन्ने खबर सत्य नभएको भन्दै उनले विमान फर्किएको भने हुनसक्ने जनाएका छन् ।
यो खबरसँगै विमान कहाँ गयो भन्ने रहस्य झन् बढेको छ । यसअघिको खबरमा कोटा भारुबाट विमानले बाटो परिवर्तन गरेर उचाइ घटाइ बायाँतर्फ मोडी मलाका स्ट्रेटमा छिरेको दाबी मलेसियाली सेनालाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका थिए ।