काठमाडौं २०७० फागुन २८ बुधवार – नयाँ संविधान संविधानसभा अध्यक्षले प्रमाणित गरी राष्ट्रपतिले हस्ताक्षर गरेर घोषणा गर्ने गरी राजनीतिक दलहरूले संविधानसभा नियमावलीको मस्यौदालाई अन्तिम रूप दिएका छन्।
नयाँ संविधान प्रमाणीकरण कसले गर्ने भन्ने विषयमा प्रमुख दल नेपाली कांग्रेस र एमालेबीच विवाद देखापरेपछि दलहरूले दुवैको स्थान रहने गरी मध्यमार्गी बाटो अपनाउँदै नियमावलीमा सहमति जुटाएका हुन्।
निर्वाचन भएको करिब चार महिनापछि दलहरूले प्रमाणीकरणसम्बन्धी विवाद अन्त्य गर्दै बैठक सञ्चालन नियमावली मस्यौदा तयार पारेका छन्। नयाँ नियमावलीमा ‘प्रमाणीकरण’ भन्ने शब्दावली नै प्रयोग नगरी दुवै संस्थाको भूमिका रहनेगरी सहमति जुटाइएको छ।
‘सभाअध्यक्षले संविधान पारित भएको प्रमाणित र राष्ट्रपतिले घोषणा गर्नेछन्,’ मस्यौदा समिति संयोजक लक्ष्मणलाल कर्णले भने, ‘संविधानमा दुवैको हस्ताक्षर रहनेगरी मस्यौदामा सहमति जुटेको छ।’
मस्यौदामा सभाध्य