सन्धिखर्क, अर्घाखाँची (फाल्गुन २९, २०७०) । जिल्ला विकास समिति अर्घाखाँचीको २० र्औ जिल्ला परिषद् सन्धिखर्कमा सम्पन्न भएको छ ।
परिषद्ले आ.व २०७१/ २०७२ को चालु तर्फ करिब १ अर्व १९ करोड १३ लाख १८ हजार र पूँजिगत तर्फ ७५ करोड ३६ लाख ३८ हजार गरी जम्मा रु. १ अर्व ९४ करोड ४९ लाख ५६ हजारको बजेट बिनियोजन गरेको छ ।
परिषद्मा आ.व २०७१/ २०७२ बजेट प्रस्तुत गर्दै अर्घाखाँचीका स्थानिय विकास अधिकारी हेमराज भूसालले यस बर्ष अर्घाखाँचीको पहिलो प्राथमिकतामा कृषि तथा पशुपालन व्यवसायको व्यापारीकरण र स्वरोजगारमुलक कार्यक्रमलाई राखेको बताएका छन । दोस्रो प्राथमिकतामा उद्योग,पर्याटन,बन,तथा वैकल्पिक उर्जा,छ भने तेस्रो प्रथमिकतामा गुणस्तरीय शिक्षा,स्वाथ्य,सरसफाई लाई बिशेष ध्यान दिने बताएका छन । यसै गरी चौथो प्राथमिकतामा क्रमश भौतिक पूर्वाधार, स्तरोन्ती,सुचना तथा संचार लाई राखिएको छ।
कार्यक्रम पूर्व मन्त्री तथा अर्घाखाँची क्षेत्र नम्वर १ बाट संविधान सभामा प्रतिनिधित्व गरेका माननिय सभासद टोप बहादुर रायमाझीले उद्घाटन गरेका छन् । त्यस्तै जिल्ला परिषद्मा अर्घाखाँची क्षेत्र नं.२ बाट सभासद बनेका डा.दुमन सिह थापाले झण्डाउत्तोलन गरेका थिए ।
स्थानिय विकास अधिकारी हेमराज भूसालको अध्यक्षतामा सम्पन्न परिषद्मा माननिय न्याधिश, तथा प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि,विभिन्न कार्यालय प्रमुख एवं प्रतिनिधि,नागरिक समाजका प्रतिनिधि एवं पत्रकारहरु लगायतको उल्लेखनिय उपस्थिति रहेको थियो ।
उद्घाटन शत्रमा बोल्दै प्रमुख अतिथी रायमाझी र बिशिष्ट अतिथि थापाले जिल्लाको विकासका निम्ती आफुहरु सदैव प्रतिबद्ध भएको बताउँदै जिल्लाको विकासका निम्ती स्थानिय र जिल्ला स्थित दलीय संयन्त्र बलियो हुनुको अर्को विकल्प नरहेकोमा जोड दिएका थिए । रायमाझीले यही अवस्थामा स्थानिय निकायको चुनाव हुनै नसक्ने बताए भने थापाले स्थानिय निकायको चुनाव छिट्टै नै हुनुपर्नेमा बताएका थिए ।
तस्बिरहरु: वीरेन्द्र केसी, अर्घाखाँची डट्कम
Copyright 2014 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।