बाबु रोका मगर”अपरिचित”
म चिया पिउदै सडक तर्फ को झ्याल मा उभिएको थिए | सडक मा आज खोइ किन हो हल्ला-खल्ला भईरहेको थियो “हाम्रो माग पूरा गर हाम्रो इज्जत सबैले गर” यस्तै आवाज मेरो घरको भित्र सम्म गुन्जी रहेको थियो मैले यसो झ्याल खोली टाउको निकालेर हेरे यो आवाज अनी “नारा” अरु कुनै राजनीतिक दलहरुको नभएर सबैको घर-घर मा हुने कुचो यानी “झाडू” को थियो | म एकछिन पछी चिया पिएर तल सडक मा पुगे र सोधे होइन तिमीहरुलाई के चाहियो? के को नारा लगाएर आन्दोलन मच्चाइ राख्या? सबै आ-आफ्ना ठाउँँमा गएर बस यहाँ हल्ला मच्चाउने होइन..? ति झाडू हरुको हुल को बिच बाट एउटा झाडू जोस्सीदै कडा आवाज मा भन्यो हेर्नुस् तपाईं ज्यादा बोल्दै हुनुहुन्छ? के हामीले आफ्नो अधिकार को कुरा माग गर्न न पाउने? मैले भने अरे के नचाहिने कुरा गर्या? कस्तो अधिकार को माग? तिमीहरुलाई दिनु पर्ने अधिकार नै के छ र? त्यतीकै मा फेरी अर्को ले भन्यो ‘हाम्रो अधिकार कहाँँ के कती छ भन्ने कुरा तिमीलाई अहिले भर्खर बताउछौ? तिनिहरुकै हुल बाट सबैले हो-हो भन्दै स्वर मच्चाए |
ति कुचो (झाडू)हरुको सबै भन्दा सिनियर (नेता) देख्दा सानो कुरा भने बडो तरिका ले गर्दो रहेछ | कुचो हरुको ठुलो घुइचो थियो उनिहरुको नेता सबै भन्दा अघी बसेको थियो उसका समर्थक नौजवान, जोशिला अनी आक्रोश मा देखिन्थे तर सिनियर भने अली भावुक देखिन्थ्यो उसका समर्थक हरु चिच्याउदै ‘हाम्रो माग पूरा गर हाम्रो इज्जत सबैले गर’भन्दै सिठ्ठी बजाउदै हुटिङ गरिरहेका थिए | मैले उनिहरुलाई सम्झाउदै भने के तिमीहरु सबै एकछिन चुप लागेर बस्न सक्छौ? हेर यसरी चिच्याउदै नारा लगाएर सडक मा टायर जलाएर अधिकार को माग गर्ने चलन पुरानो भयो र यो राम्रो पक्ष पनि होइन | कुनै पनि माग गर्नु भन्दा पुर्व तिमीहरु आफ्नो समुदाय भित्र एक अर्को सँग राम्रो सँग सर-सल्लाहा गरेर समिती बनाएर आफुहरु लाई चाहिएको बिषय को माग को लागि बार्ता को टेबुल मा शान्ती पुर्वक आउनु पर्छ अनी पो बल्ल दुबै पक्ष को सुनाइ हुन्छ कस्लाई के चाहिएको हो र किन ? मैले यती के भन्दै थिए फेरी उनिहरु चिच्यादै भने अधिकार भन्ने कुरा मागेर होइन साथी हो लडेर,खोसेर लिनु पर्छ..? न भएर अरुले पनि त हामीले भन्दा बढी सडक आन्दोलन,बन्द,हड्ताल गरिरहन्छन त्यसैले त मन्त्री को कुर्सी मा सबैले एक पछी अर्को गर्दै पालै-पालो…… गर्छन् अब त हामीलाई शंका लागेको छ कही त्यो कुर्सी लाई एड्स त भएको छैन? हा.. हा.. हा ..गर्दै हाँस्छन | म झोक्किदै भने तिमीहरुलाई लाज लाग्दैन यस्तो कुरा गर्न? तिमीहरुले मन्त्री को कुर्सी को मजाक उडाउने? तिमीहरुलाई त म….? बिचैमा उनिहरुको सिनियर उठेर भन्यो ल साथीहरु हो तपाईंहरु सबै चुप लाग्नुस म यहाँ सँग वार्ता गर्छु |
ल त्यसो भए यो बिच सडक मा भिड लगाएर वार्ता गर्न उचित हुँदैन यो हामीहरुले पनि बुझी राख्या कुरा हो भोली को दिन ठीक ११ बजे सभा हल मा वार्ता को टेबुल मा बसेर हामी आफ्नो बिचार र माग तपाईंहरु सामु राख्ने छौ ? तपाईं मन्जुर हुनुहुन्छ? मैले भने हुन्छ भोली ठीक ११ बजे हाम्रो वार्ता सभा हल मा नै हुने छ | भोली पल्ट ति कुचो (झाडू)हरु ११ बजे नै उपस्थित भईसकेका रहेछन म लगायत मेरा अन्य साथीहरु एक घण्टा ढिला भयौ किन कि मैले पनि यो बिषय मा कुरा गर्न को लागि अरु साथीहरु जम्मा गर्नु परेको थियो | आज पनि कुचो को नेता ले एउटा डाइलक हान्यो के हो समाजसेवी बाबु नयाँं फिल्म १२ बजेको सो हेर्न पौने १२ बजे हल मा पुग्ने यहाँ चाँही एक घण्टा पछी? ल भईगयो केही छैन मलाई त विश्वाश पनि लागेको थिएन कि तपाईंहरु हामी सँग वार्ता गर्नआउनुहुछ भनेर | मैले उसको कुरालाई ध्यान न दिए झै गरेर भने ल बिषय बस्तु तिर लागौ |
कुचो हरुको नेता ले कुरा गर्न सुरु गर्यो पहिलो कुरो तपाईं लाई थाहा छ म यती सानो किन भएको होला? मैले भने थाहा छैन? फेरी प्रश्न गर्छ तपाईंहरुलाई हाम्रो वारेमा के थाहा छ? मलाई यती मात्र थाहा छ कि तिमीहरु फोहोर सँग खेल्ने र फोहोर हटाउने एउटा साधन हौ? उसले ढिलो पारा मा ताली बजाउदै भन्यो वाह्-वाह् समाजसेवी बाबु तपाईंलाई हाम्रो वारेमा केही पनि थाहा रहेन छ? म पुरै डिटेल मा बताउछु हामीले यो नारा लगाउदै माग किन गर्यौ? मलाई हेर्नुस म जब काम गर्न को लागि कम्मर कसी अघी सर्दै-सर्दै गए काम गर्दा गर्दै झन सानो सानो हुँदै गए, महिलाहरुको फेबरेट हतियार पनि हौ | हाम्रो जन्म ठुलो आकार मा हुन्छ भने अन्त्य सानो भएर हुन्छ हाम्रा पनि तपाहरुका जस्तै अनेक रुप हुन्छन साना गरीब देखी लिएर ठुला ठुला धनी मान्छैहरु का घर मा हाम्रो महत्व उतिकै छ | चाहे त्यो कुनै फोहोर लाई हटाएर सफाइ गर्न होस चाहे त्यो लोग्ने मान्छे ले आफ्नी श्रीमती सँग झुटो बोल्दा होस, कती महिला दिदिबहिनी हरुले आफ्ना बिग्रिएका लफङा पतीहरुलाई यही कुचो को झटाकोले तह लगाउनु हुन्छ…? अझ हेर्नुस मज्जाको कुरा के भने अहिले को प्रख्यात जन नेता केजरिवाल ले समेत हामीलाई लिएर आज आफ्नो क्षेत्र मा एउटा नयाँं नाम राख्न सफल भएका छन उन लाई आज सबैले सलाम नमस्ते गर्छन् उनको नाम चलेको छ उनको पनि नारा थियो गन्दकी हटाऔ दिल्ली लाई भ्रष्ट्रचार मुक्त बनाऔ त्यो गन्दकी हटाउन हामीलाई नै उठाए सफल पनि भए | उनी लगायत सम्पूर्ण मानव जाती मालामाल हामी त पोखरी को भ्यागुतो पोखरी मा फालाफाल, टेलिभिजन, सिरियल, फिल्म आदी हर क्षेत्र मा हामीलाई प्रयोग गरेर आफु मात्र सफा अनी सक्क्षम छु भनेर स्मार्ट बन्दै हिंड्ने स्वार्थी मान्छेहरु ले आफ्नो मात्र समस्या हेर्ने या हामी लगायत प्राकृतिक सम्पदा,जिवजन्तु,वातावरण को पनि ख्याल राख्ने? हामीलाई पनि सफा रहन मन लाग्छ हामीलाई सफा राख्यौ भने मानव जाती लाई पनि त धेरै फाईदा हुन्छ हामीलाई काम सकियो दु:ख बिर्सियो जस्तो गरेर किन अपहेलना गर्ने? हामीहरुलाई फिल्म,सिरियल मा लिने हो भने हामीहरुलाई राम्रो रोल दिनु पर्यो..? हाम्रा समस्या र मागहरु त धेरै छन तर समय को ख्याल राख्दै म तपाईंहरु माझ छोटकरी मा भन्दै छु | यदी तपाईंहरुले हाम्रो कुरा को अनादेखी गर्नु भयो र हामीलाई जथाभावी फ्याक्ने काम गर्नु भयो भने हामी हरु अनिश्चितकालीन आन्दोलन , सडक आन्दोलन अनी भोक हड्ताल अनसन मा उत्रने छौ | मलाई उसको यस्तो कुरा सुनेर हाँसो लाग्यो म हाँसे र भने तिमी हरुको काम फोहोर सँग खेल्ने अनी फोहोर हटाउने सफा बनाउने तर तिमीहरु चाँही फोहर नै रहने तिमीहरुलाई सफा गरेर राख्ने तिमीहरुको फाल्तु कुरा सुन्ने हामी मानव जाती हरु सँग एक्स्ट्रा समय छैन बुझ्यौ?
यती मात्र के भनेको थिए उनिहरु ले त म माथि धावा बोले सबैले आक्रमण गर्न सुरु गरे मैले आफुलाई बचाउन साथीहरु सँग गुहार मागे तर मेरा साथी मज्जा सँग तमासा हेरेर बसीरहेका थिए म अतालिँदै मेरी श्रीमती सुनिता लाई बोलाए…. सुनिता मलाई बचाउ… मलाई बचाउ…. तर हकिकत मा नै सुनिता ले म माथि नै कुचो प्रहार गरीरहेकी रैछ ? अल्छि सुत्ता यती बेला सम्म सुत्ने छोरा छोरी लाई तयारी गरेर स्कुल पठाउने होइन? भन्दै गाली गर्दै कुचोले मलाई नै हिर्काइ रहेकी…? यो सबै दृश्य सपना मा पो रहेछ हकिकत त कुचो को कुटाइ पो रहेछ | त्यो पनि आफ्नै श्रीमती को हात बाट ……