फाल्गुन २९ । गत वर्ष भारतको राजधानी नयाँं दिल्लीमा भएको सामूहिक बलात्कारमा संलग्न चार जना अभियुक्तलाई मृत्यु दण्ड दिने तल्लो अदालतको फैसलालाई दिल्लीको उच्च अदालतले पनि कायमै राखेको छ । बलात्कार लगायतका घटना हेर्न गठीत फास्ट ट्रयाक अदालतले दोषी ठहर भएका चार जनालाई मृत्युदण्ड दिने गरी गरेको फैसलालाई उच्च अदालतले कायमै राखेको हो ।
गत डिसेम्बर १६ तारिखमा दिल्लीमा आप्mना केटा साथीसँंग बसमा यात्रा गरिरहेकी २३ बर्षिया युवतीलाई बसमै सवार ६ युवाले सामूहिक बलात्कार गरेका थिए ।
घटनामा संलग्न मध्ये एक जनाले हिरासतमै आत्महत्या गरेका थिए भने दोषी ठहर मध्ये एक जना नाबालिग भएको पुष्टि भएपछि उनलाई ३ बर्षको जेल सजाय सुनाइएको थियो । पीडित युवतीको उपचारका क्रममा सिंगापुरमा मृत्यु भएको थियो । AGENCIES