वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची २०७० फागुन ३० शुक्रवार । सन्धिखर्कमा पहिलो पटक आदीवासी जनजाती महोत्सव-२०७० शुक्रवार देखी शुरु भएको छ । आदीवासीको पहिचान झल्काउन, स्थानीय उत्पादनलाई प्रवद्धन गर्न, विभिन्न थरीका खानाका परिवार सहित शुरु भएको महोत्सव चार दिनसम्म चल्ने छ । महोत्सवको जनजाती महासंघका केन्द्रिय महासचिव पेम्ब भोटेले उदघाटन गरे ।
उनले जनजातीले उठाएको मुद्धालाई पछाडी धकेल्ने प्रयास गरे पुन आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए । सन्धिखर्कको शान्ति बगैचामा भएको महोत्सवमा नेवार, कुमाल, मगर, गुरुङ जातीको भेषभुषा सहित महिला पुरुष सहभागी थिए । आफनो मौलिक संस्कृती र पहिचान झल्कने नाचगान उदघाटनको अवसरमा प्रदशन गरेका थिए । चर्चित लाखे नाच,मारुली नाच, मयुरु लगायतका नृत्य प्रस्तु गरेर दर्शकलाई भरपुर मनोरञ्जन दिए ।
उदघाटनमा करिब ५० जना वृद्धवृद्धालाई भोट सहित एमाओवादी नेता एवं सभाषद टोपबहादुर रायमाझी, सभाषद दुमन थापा, स्थान्ीय विकास अधिकारी हेमराज भुसाल लगायतले दोसल्ला ओडाएर सम्मान गरे । कार्यक्रममा काग्रेस सभापति कमलप्रसाद भुसाल, एमाले सचिव र।मबहादुर चौहान,एमाओवादी संयोजक चन्द्र बहादुर खडका, राजमोका सागर केसी, नेकपा माओवादीका भेषराज भुसाल, उवासंघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, सुरज शारु, झविलाल थापा लगायतले मन्तव्य राखेका थिए ।
चार दिनसम्म चल्ने महोत्सवमा आदीवासी जनजताीको पहिचान देखाउने, मैलिक संस्कृती अन्तरगत कला नृत्य प्रदशन गर्ने र जनजातीले उत्पादन गर्ने वस्तु र विभिन्न खानाका परिकार रहने महोत्सव समारोहको संयोजक युवराज श्रेष्ठले बताए ।
तस्बिरहरु: वीरेन्द्र केसी, अर्घाखाँची डट्कम
Copyright 2014 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।