माओवादीको धम्कीसँग नतर्सी तत्काल स्थानीय निकाय निर्वाचनको मिति तोक्न एमाले माधवकुमार नेपालको सरकारसँग आग्रह

ललितपुर, फाल्गुन ३० । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले माओवादीको धम्कीसँग नतर्सी तत्काल स्थानीय निकाय निर्वाचनको मिति तोक्न सरकारसँग आग्रह गरेका छन् । 
एमाले ललितपुर क्षेत्र नम्बर तीनको अधिवेशनको आज उद्घाटन गर्दै नेता नेपालले माओवादी धम्कीबाट खुट्टा कमाएर प्रधानमन्त्रीले देश हाँक्न नसक्ने बताए ।
स्थानीय निकायको चुनाव जेठमै हुने भए एमालेले आसन्न महाधिवेशन सार्न सक्ने उनको भनाइ थियो ।
महाधिवेशनबाट पार्टीभित्रका अवसरवादीहरुलाई परास्त गरी योग्य व्यक्तिलाई नेतृत्वमा पु