सभाषद दुमन थापा बाँया र पत्रकार सम्मेलन गर्दै उपभोक्ताहरु
– थापाले रकम हिनामिना गरेको आरोपमा उपभोक्ताले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन ।
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँची डट्कम/ २०७० चैत्र ०१ शनिवार) । अब घर-घरमै पानीको धारा खस्ने भयो । वषौदेखीको पानीको दुःख हटनेमा धेरै गाउँले भर परेका थिए । घरमै धारा खस्ने भएपछि घण्टौ समय खर्चेर एक गाग्री पानीको भारी बोक्नु पर्ने भएन, सुखका दिन आए भनेर सबैभन्दा बढी महिला खुसी थिए । तर त्यो सुखको सपनाबाट अर्घाखाँची पाँच र गुल्मीका तीन योजनाबाट लाभान्वित हुने बीस हजार भन्दा बढी उपभोक्ता अहिले सबै निराश छन ।
२०७० चैत ३० गतेभित्र सबै योजना सम्पन्न गरी गाउँ-गाउँमा पानीका धारा खसालिसक्नुपर्ने गरी ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति (फनबोर्ड) काठमाडौको आर्थिक तथा प्राविधिक सहयोगमा पहाडी स्रोत व्यवस्थापन समुह (एमआरएमजी) र उपभोक्ता समिति बीच त्रीपक्षीय सम्झौता भएको थियो । सबै योजनाको लागि दुई करोड रुपैया बजेट परेको छ । योजनाको बजेट एमआरएमजीका अध्यक्ष दुमन थापाले हिनामिना गरेकाले शुरुवात हुन नसकेको उपभोक्ताको आरोप छ । एनजीओ सञ्चालन गरेका थापा अहिले संविधानसभा सदस्य पनि हुन ।
गुल्मीका घोसे बर्दवास खानेपानी योजना हाडहाडेका लागि २८ लाख ३३ हजार ३ सय ८४ रुपैया पिपलधाराको उदीनढुंगा गफल खानेपानी योजनाको लागि ११ लाख १८ हजार ३ सय १० रुपैया, पिपलधारकै सिस्ने दर्लामचौरको योजनामा १२ लाख ४९ हजार ८७ रुपैया र अर्घाखाँचीका भगवतीको जुकेखोली गढेलचौर योजनामा २१ लख ७१ ह्जार ८ सय ४६, अर्घाको घट्टेखोरीया खानेपानी योजनामा ८५ लाख २४ हजार १ सय ३६, खनको देउपुजे सीत खानेपानी योजनाको १५ लाख ५० हजार १ सय ६६ रुपैया त्यस्तै बल्कोटको पधेराखोला ३८ लाख २१ हजार ९ सय ९४ र ठाडाको मुस्लेघाट पदमे खानेपानी योजनाको लागि ११ लाख ६९ हजार ३ सय ४४ रुपैया बजेट फनबोर्डबाट छुटिएको थियो । योजना सञ्चालन गर्ने एमआरएमजीका अध्यक्ष अध्यक्ष थापा र उपोक्ता समितिका अध्यक्षको नाममा खाता सञ्चालन गरी योजना सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । काम सम्पन्न गरिसक्नुपर्ने अवधी सकिएको छ तर गाउँमा पानीको धारा खस्नुको सटा योजना नै शुरुवात भएन ।
समय सकियो योजना नै शुरु भएन, उदीन ढुंगा खानेपानी उपभोक्ता समितिका अध्यक्ष यमबहादुर कुवरले भने, सामन पठाईदिन्छु भनेर पैसा मागे र मैले खाली चेकमा हस्ताक्षर गरेर दिए अहिले खातामा एक पैसा छैन, एमआरएमजीका सञ्चालक दुमन थापाले पैसा कहाँ हाले थाहा छैन । योजना नै शुरु नहुँदा सर्वसाधारण निराश छन । योजनाको पैसाको टुंगो नै छैन पैसा कहाँ गयो सामान पठाईदिनु प-यो भनेर बारम्बार आग्रह गर्दा वास्ता नै गरेनन् न खातामा पैसा छ, न योजना नै शुरु भयो , उनले भने, मलाई थापाले सीधै फसाए ।
मंसिर ४ को चुनावको छ महिना अघि एमाओवादीबाट एमालेमा प्रवेश गरेका थापा अर्घाखाँची क्षेत्र नं. २ बाट एमालेका विजयी सभाषद हुन । उपभोक्ता समितिका अध्यक्ष र उपभोक्ताले सन्धिखर्कमा पत्रकार सम्मेलन गरेरै योजनाको पैसा थापाले व्यक्तिगत खर्च गरेको आरोप लगाए । सभाषद भएपछि गाउँलेलाई वेवस्ता गरेको उनीहरुको गुनासो गरे । अवधी सकिएको छ । खाली चेकमा हस्ताक्षर गरेर मागेपछि चेक बुझाईयो तर खातामा न पैसा छ, न योजना नै शुरु भयो, सिस्ने दमिलचौर खानेपानी उपभोक्ता समितिका अध्यक्ष शिवलाल खनालले भने, समान पनि आएन, थापाले खाली चेक लागेर फसाए । थापाले रकम हिनामिना गरेको आरोपमा उपभोक्ताले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन । सभाषद जस्तो व्यक्तिले पदको दुरुपयोग गरेर योजनाको पैसा हिनामिना गरेर जनतालाई दुःख दिएको खनका उपभोक्ता हुमप्रसाद खनालले गुनासो गरे । योजना शुरु गर्न थापाकै कारण नसकिएको हो, घट्टेखोरीया खानेपानी योजनाका अध्यक्ष कृष्ण आचार्यले भने, चुनावको बेला मलाई सँग पनि खाली चेक मागेका थिए मैले नदिएपछि रिसाए ।
कुवाबाट घण्टौ लगाएर एक गाग्री पानी बोकेर खान बाध्यता अब हटने भयो, अध्यारोमा पालो कुर्न दौडनुपर्ने भएन भन्ने आशा थियो, खनकी मधु घिमिरेले भनिन, तर अहिले योजना शुरु नहुँदा निराशा छायो । पानी बोक्दा धेरैजसो गाउँले चिसोको रोगी भएका छन । पानीको हाहाकार हटने भयो र घर-घरमा धारा खसेपछि पानीको दुःख हटेने सपना देखेको गाउँले अहिले निराश छन ।
सभाषद समेर रहेका समुहका अध्यक्ष थापाले अवधी सकिएपनि योजना पुरा हुने दावी गरे । पैसा खायो भन्ने सत्य होईन, उनले भने, केही समान गाउँमा गैसकेको छ बाँकी सामान पठाउदै छु, मेरो बदनाम गर्न अरु पाटीका मान्छेले पडयन्त्र गरेका हुन, काम हुन्छ, ढुक्क हुनुस, योजना पुरा गर्न म लागेको छु ।
Copyright 2014 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।