वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्कमा शुक्रवार देखी शुरु भएको आदीवासी जनजाती महोत्सव २०७० को दास्रो दिन कलाकार मिलन लामाले उपस्थित हजारौ दर्शकलाई भरपुर मनोरञ्जन दिए । मेला हेर्न आएका हजारौं दर्शकलाई माझी दाई पोखरा फेवातालमा लगायत थुप्रै गित गाएका गए । दर्शकलाई भजन र सबै जातजाती एक हौं भन्ने चेतनामुलक सन्देशका गित पनि गाए । अधिकांश दर्शक रमाए र नाचे । सम्पुर्ण आदीवासी जनजाती एक हौं, मौलिक संस्कृतीको संरक्षण गरौ भन्ने मुल नाराका साथ चैत ४ गतेसम्म चल्ने महोत्सवमा मगर, गुरुङ, नावर, कुमाल जातीका गीत र नृत्य देखाईएको थियो । लामा सहित कलाकार देवी घर्तीले पनि दर्शकलाई मनोरञ्जन दिईन । चर्चित लाखे नाच,मारुली नाच, मयुरु लगायतका नृत्य प्रस्तु गरेर दर्शकलाई भरपुर मनोरञ्जन दिए ।
सन्धिखर्कमा पहिलो पटक आदीवासी जनजाती महोत्सव-२०७० जिल्लामा पहिलो पटक भएको हो । आदीवासीको पहिचान झल्काउन, स्थानीय उत्पादनलाई प्रवद्धन गर्न, विभिन्न थरीका खानाका परिवार सहित शुरु भएको महोत्सव चैत ४ गतेसम्म चल्ने छ । महोत्सवमा आदीवासी जनजताीको पहिचान देखाउने, मैलिक संस्कृती अन्तरगत कला नृत्य प्रदशन गर्ने र जनजातीले उत्पादन गर्ने वस्तु र विभिन्न खानाका परिकार रहने महोत्सव समारोहको संयोजक युवराज श्रेष्ठले बताए ।
तस्बिर: वीरेन्द्र केसी, अर्घाखाँचीडट्कम
Copyright 2014 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।