अर्घाखाँची जनजाती मेला होली: राजु र शर्मिलाले नचाए दर्शकलाई

अर्जुन भुसाल  



सन्धिखर्क, अर्घाखाँची  चैत्र २ ।  अर्घाखाँची जनजाती मेला होली खेल्दै रमाइलो यो बेला तिते करेलीले मुखै तितो बनायो तिते करेलीले मनै लठ्ठै बनायो झिम झिम परेलीले जिल्लाको सदरमुकाम सन्धिखर्कमा चलिरहेकने आदिवासी जनताती महोत्सवमा लोक गायक राजु गुरुङ्गले जव यो गित गाउन शुरु गरे  । दर्शकहरु उत्साहित बनी नाच्न थाले । 

 



 

यो गित गाउन थाले पछि दर्शकहरुले ताली पनि उत्तिकै बजाउन थाले । कोहि नाचे, कसैले तालि बजाए । मञ्चमा बसेर मेलाको अबलोकन गरिरहेका स्थानिय विकास अधिकारी हेमराज भुसाल, नेपाली कांग्रेसका जिल्ला  सभापति कमलप्रसाद भुसाल प्रहरी निरिक्षण गोविन्द पन्थी, महोत्सव मूल आयोजक समितिका संयोजक युवराज श्रेष्ठ लगायतका मञ्जमा रहेका अन्य दर्शकहरु पनि छमछमती नाचे । गरुङ्गले मेलामा करिव एक दर्जन गित गाए । सर्बत्र चर्चामा रहेको उनको गित तिते करेली गाउदा दर्शकहरु पनि निकै हौसिए । 



उनले धैरै सालैजो गित गाए । राजु सँगै चर्चित लोक गायिका शर्मिला गुरुङ्गले पनि गित गाइन । शर्मिलाले  राम्दी पुल तरने वित्तिकै बाचे भेट मरेत यत्तिकै बोलको गित गाउँदा दर्शकहरु निकै भाभुव बने । उनले पनि थुप्रै सालैजोबाट दर्शकहरुलाई मनोरञ्जन दिलाइन ।

 



 

मेलामा  नेवार, मगर, कुमाल गुरुङ्ग जातीले आफ्नो सस्कृति झल्कने नाच प्रस्तुत गरेका थिए ।  नेवार समुदायको लाखे नाच, मैयुर नाच,  मगरको सोरोठी नाच, घाटु नाच,  गुरुङ्ग समुदायको सालौजो कुमाल समुदायको मारुनी नाच प्रस्तुत गर्दा मेलामा सहभागि दर्शकहरुले निकै मनोरञ्जन लिएका थिए । कपिलकस्तुबाट आएको  वहु सांस्कृतिक परिवारले बीच बीचमा प्रस्तुत गर्ने नाचहरुले दर्शकहरुलाई थप आनन्द लिए । विभिन्न हास्य व्यग्यात्मक नाच प्रस्तुत गर्दा सहभागिहरुले पेटमिचि मिचि हासेका थिए । 

 

तस्बिर: अर्जुन भुसाल




Copyright 2014 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु