होली खेल्ने क्रममा काठमाडौंमा दुइ बालकको मृत्यु

काठमाडौं, चैत्र २ । होली खेल्ने क्रममा काठमाडौंमा दुइ बालकको मृत्यु भएको छ । बसुन्धरामा लोला हान्ने क्रममा छतबाट खसेर सुनसरी घर भएका १२ बर्षिय अर्पण राईको मृत्यु भएको छ । छतबाट खसेर गम्भीर घाइते भएका उनको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।यस्तै धर्मस्थलीमा १४ बर्षिय अनिल महर्जनको मृत्यु भएको छ ।
सडकमा होली खेल्दै गरेका उनी गस्तीमा रहेको प्रहरीको गाडी देखेर दौडने लडेका थिए । उनको बालाजुस्थित जनमैत्री अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सडकमा जथाभावी सवारी चलाएको र महिलाहरुमाथि जबर्जस्ती लोला हानेको आरोपमा प्रहरीले सय जना भन्दा बढीलाई नियन्त्रणमा लिएको छ । IMAGECHANNELS