अर्घाखाँचीमा आदिवासी जनजाती: अपाङ्ग लालबहादुरको नाचबाट दर्शक उत्साहित

अर्जुन भुसाल 
सन्धिखर्क, अर्घाखाँची चैत्र ३   । यहाँ चलिरहेका आदिवासी जनजाती महोत्सवमा अपाङ्ग लालबहादुर तामाङ्ग (लाहुरेको) नृत्यले सोमबार दर्शकहरुले निकै उत्साहित बने । एउटा खुट्टा नभएका लालबहादुरले लाहुरे मत सोल्टीना छुट्टीमा आएको बोलको गितमा छमछमी नाचेको देख्दा मञ्च रहेका दर्शकहरुबाट ताली र हुटीङको अहिरोनै लाग्यो । अपाङ्ग भएर पनि सपाङ्ग जस्तै गरेर नाच्दा सबै दङ्ग परे । उनले नाचेनन मात्र जादु पनि देखाए पत्रिका पेलेर जुस बनाए । मञ्चमा रहेका अतिथिहरुलाई खुवाए पनि । उनले बनाएको जुस निकै स्वादिष्ट थियो । पत्रिका बाट जुस बनाएको देख्दा सबै अचम्म परे । उनले जादु मार्फत परेवा उडाएर शान्तिको गित बजाए । मञ्च निकै रमाइलो भयो । म अपाङ्ग भएकोमा मलाई पछुतो छैन उनले भने, अपाङ्ग भए पनि धेरै राम्रा काम गर्न सकिन्छ ।
 उनको प्रस्तुती राख्दा पछाडी बसेका दर्शकहरु पनि अगाडि होमिए । उनले विभिन्न कला प्रस्तुत गरे पछि सहयोग गर्नेको भिड लाग्यो । उनलाई  धेरैले आर्थिक सहयोग गरे । एउटा झोला लिएर आर्थिक संकलन थालेको आयोजकको  झोला  पनि भरियो । उनलाई करिव १० देखि १५ हजार सम्म आर्थिक सहयोग भएको अनुमान गरिएको छ । सुनसरी जिल्लाका तामाङ्ग अर्घाखाँचीमा आएर आफ्नो प्रस्तुती दिन पाउदा निकै हौसीएका थिए ।
 तमाङ्ग सँगै लोक गायक बालचन्द्र बराल र लोकगायिका सपना गाआ मगरले पनि दर्शकहरुलाई निकै मनोरञ्जन प्रदान गरे । सपना र बालचन्द्रले  विभिन्न लोक गितबाट दर्शकहरुलाई नचाए । लोक दोहोरी, पञ्चेवाजाका गित झ्यारे गितबाट उनीहरुले दर्शकहरुलाई मनोरञ्जन दिलाए । उनीहरुले करिव डेढ दर्जन गितहरु दर्शक सामु पस्के । उनीहरुले अन्तिममा प्रस्तुत गरेका दोहोरीका घम्साघम्सीमा दर्शकहरु निकै नाचे ।  
मेलामा  नेवार, मगर, कुमाल गुरुङ्ग जातीले आफ्नो सस्कृति झल्कने नाच प्रस्तुत गरेका थिए ।  नेवार समुदायको लाखे नाच, मैयुर नाच,  मगरको सोरोठी नाच, घाटु नाच,  गुरुङ्ग समुदायको सालौजो कुमाल समुदायको मारुनी नाच प्रस्तुत गर्दा मेलामा सहभागि दर्शकहरुले निकै मनोरञ्जन लिएका थिए । कपिलकस्तुबाट आएको  वहु सांस्कृतिक परिवारले बीच बीचमा प्रस्तुत गर्ने नाचहरुले दर्शकहरुलाई थप आनन्द लिए । विभिन्न हास्य व्यग्यात्मक नाच प्रस्तुत गर्दा सहभागिहरुले पेटमिचि मिचि हासेका थिए । मेलामा नेवार मगर गुरुङ्ग कुमाल जातीले आफ्ना परिकारहरुको स्टल समेत राखेका छन् । उनीहरुको संस्कृति झल्कने सामाग्री खानाका परिकारहरु स्टलमा राखेका छन् । स्टल अवलोकन तथा सामाग्रीहरुको खरिद गर्न आउनेको पनि भिड लाग्ने गरेका छ ।  
तस्बिरहरु: अर्जुन भुसाल, अर्घाखाँचीडट्कम
Copyright 2014 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु