मूल्यबृद्धि फिर्ता लिन माग गर्दै प्रतिपक्षी दलहरुद्धारा संसद बैठक अवरुद्ध

काठमाडौं, चैत्र ५ । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता लिन माग गर्दै प्रतिपक्षी दलहरुले आज पनि संसद बैठक अवरुद्ध गरेका छन् ।
साँझ बसेको बैठकमा प्रतिपक्षीहरुले तेलको मूल्य तत्काल फिर्ता लिन माग गर्दै बैठक अवरुद्ध गरेपछि सभामुख सुवास नेम्वाङले प्रतिपक्षीको मागप्रति सरकारको ध्यानाकर्षण गराउँदै बैठक स्थगित गरेका थिए । RSS