अफगानिस्तानको पूर्वी जलालावाद प्रहरी कार्यालयमा तालिबानले धावा बोल्दा कम्तिमा १० प्रहरी मारिए

चैत्र ६ । अफगानिस्तानको पूर्वी जलालावाद सहरस्थित मुख्य प्रहरी कार्यालयमा तालिबान लडाकुले धावा बोल्दा कम्तिमा १० प्रहरी मारिएका छन् । मारिनेमा स्थानीय जिल्ला प्रहरी प्रमुख पनि छन् ।
बिहीबार बिहान भएको भिडन्तमा सात आक्रमणकारी पनि मारिएका छन् । घण्टौ लामो भिडन्त र भीषण बिष्फोटमा १४ प्रहरी घाइते भएका छन् ।
आगामी अप्रिल ५ मा हुने राष्ट्रपतीय निर्वाचन बिथोल्ने चेतावनी दिइरहेको तालिवानले आक्रमणको जिम्मेवारी लिएको छ । (एजेन्सी)