चैत्र ६ । भारतका प्रख्यात स्तम्भकार, पत्रकार तथा लेखक खुशवन्त सिंहको ९९ वर्षको उमेरमा निधन भएको छ । योजना, नेसनल हेराल्ड, हिन्दुस्तान टाइम्स र द इलेस्ट्रेटेड विक्ली जस्ता प्रसिद्ध अखबारका सम्पादक समेत रहेका सिंहको आफ्नै निवासमा निधन भएको हो ।
उनी सन् १९८० देखि १९८६ सम्म भारतको राज्यसभाका सांसद समेत रहेका थिए । उनको निधनप्रति भारत सरकारले दुःख व्यक्त गरेको छ ।
भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहले सिंहको निधनबाट भारतले एक कुशल नागरिक गुमाएको प्रतिक्रिया दिएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । Agencies, Imagechannels