अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची २०७० चैत्र ०६ बिहीवार । अर्घाखाँचीमा यो वर्ष १ सय ७२ जना एसएलसी दिनबाट बञ्चित भएका छन् । ७५ प्रतिशत हाजिरी नपुगेकाले विद्यार्थीहरु परिक्षा दिनबाट बञ्चित भएका हुन । जिल्लाका विभिन्न विद्यालयबाट १ सय २३ छात्रा र ४९ छात्र गरि जम्मा १ सय ७२ जना एलएल सी दिनबाट बञ्चत भएको जिल्ला शिक्षा अधिकारी मित्रमणि खनालले जानकारी दिए ।
युवावर्ष जनता रविचित्र उच्च मावि केन्द्र सन्धिखर्कमा एसएलसी दिदै विद्यार्थीहरु । तस्बिर: अर्जुन भुसाल, अर्घाखाँची डट्कम
यस बर्ष जिल्लामा ३ हजार ५३ नियमित र १८ सय ५० जना एक्जेम्टेड गरि जम्मा ४९ सय ३ जना विद्यार्थी परिक्षामा सहभागि भएका छन् । नियमित तर्फ ३२ सय २५ जनाले आवेदन भरेपनि हाजिरी नपुगेका कारण १ सय ७२ जना विद्यार्थी परिक्षामा बस्न पाएनन् । एसएलसीको पहिलो दिन जिल्लामा एक जना छात्रा मात्र निष्कासित भएकी छिन । कालिका नेरा उमाविकी एक्जेम्टेड तर्फकी बर्षा अधिकारी चिट चोर्दै गर्दा निष्काशित भएकी हुन ।
युवावर्ष जनता रविचित्र उच्च मावि केन्द्र सन्धिखर्कमा एसएलसी दिदै विद्यार्थीहरु । तस्बिर: अर्जुन भुसाल, अर्घाखाँची डट्कम
जिल्लामा यो वर्ष १६ ओटा परिक्षा केन्द्र तोकिएको छ । परिक्षामा १६ ओटा केन्द्राध्यक्ष,२४ ओटा सहायक केन्द्राध्यक्ष, २०३ निरिक्षक र ६७ सहयोगी गरी ३ सय १० जनालाई खटाइएको अनौपचारिक शिक्षा शाखा प्रमुख जमुना भण्डारीले बताइन । परिक्षालाई मर्यादित बनाउन १ सय ६० जना प्रहरी खडाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक गोविन्द पन्थीले बताए ।
Copyright 2014 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।