धनकुटा, चैत्र ८ । युद्धकालमा माओवादीबाट क्षती पुर्याइएका धनकुटाका ९८ वटा सरकारी भवन पुनःनिर्माणको काम सकिएको छ । शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट प्राप्त १७ करोड रुपैयाँको लागतमा जिल्ला प्रशासन कार्यालय, अदालत, मालपोत, कोलेनिका, गाविस, हुलाक, स्वास्थ्य चौकी, प्रहरी चौकी तथा बिद्यालय लगायत ९८ भवन निर्माणको काम सकिएको प्राविधिक कार्यालय धनकुटाले जनाएको छ ।
निर्माण सम्पन्न भएका कार्यालयहरुले अस्थायी र भाडाका भवन छोडेर आफ्नै नयाँ भवनमा दैनिक कामकाज समेत संचालन गर्न थालेका छन् । उता, पुननिर्माण आयोजनाकै १ करोड रुपैयाँ भन्दा बढिको लागत स्टीमेटमा संम्झौता भएका जितपुर क्याम्पस, सान्ने, आहाले गाविस भवन र आँखिसल्ला स्वास्थ्य चौकीको काम भने ठेकेदारको लापरवाहीका कारण अलपत्र छाडिएको छ ।
यी चारवटै भवन निर्माणको संझौता आर्थिक बर्ष २०६६/०६७ मा भएको थियो । संझौता अनुसार काम नगर्ने लोकप्रिय टिएन एसएनएसपी तथा धनकुटा निर्माण सेवालाई जिल्ला प्रविधिक कार्यालयले ठेक्का तोडी कालोसूचीमा राख्ने प्रकृया अगाडी बढाएको छ । अलपत्र भवनलाई पूर्णता दिन प्राविधिक कार्यालय धनकुटाले ३५ प्रतिशतसम्म लागत बढाएर रि-टेण्डरको तयारी गरेको छ । IMAGECHANNELS