क्राइमिया प्रायद्वीपमा रहेका रुसी सेनाले युक्रेनको अधिनमा रहेको सैन्य बेश क्याम्पमाथि कब्जा

चैत्र ९ ।  हालै रुसमा गाभिएको क्राइमिया प्रायद्वीपमा रहेका रुसी सेनाले युक्रेनको अधिनमा रहेको सैन्य बेश क्याम्पमाथि कब्जा जमाएको छ । 
क्राइमियाको सेवेस्तोपोल शहरमा रहेको उक्त बेस क्याम्प कब्जाका क्रममा रुसी सेनाले ग्रिनेड आक्रमण गर्नुका साथै बख्तर बन्द गाडी परिचालन गरेको थियो । 
कब्जा गर्नुअघि रुसी सेनाले बेसक्याम्पमा रहेका युक्रेनी सैनिकलाई आत्मसमर्पण गर्न गरेको आग्रह गरेको थियो ।
तर युक्रेनी सैनिकले अस्वीकार गरेपछि दुई पक्षबीच झडप भएको थियो । सयौं रुसी सैनिकका अगाडि युक्रेनी सैनिक निरीह बनेका थिए । क्राइमियाली जनताको हकहितका लागि बेसक्याम्प कब्जा गर्नुपरेको तर्क रुसको छ ।
 Agencies