विराटनगर, चैत्र ९ । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाले दलहरुबीचको सहमतिबाट केही दिन भित्रै स्थानीय निकाय निर्वाचनको मिति घोषणा गरिने बताएका छन् ।
आज विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै देउवाले विकास निर्माणको कामलाई तिव्रता दिन छिट्टै स्थानीय निकायको चुनाव गर्नु पर्ने बताए ।
स्थानीय निकाय निर्वाचनको मिति घोषणा गर्ने विषयमा दलहरुबीच छलफल जारी रहेको उनको भनाई थियो । नेता देउवाले एक वर्ष भित्रै संविधान जारी हुने दाबी पनि गरे । IMAGECHANNELS