फेरी जुर्रमुरायो अर्घाखाँची जिल्ला अस्पताल

– गणेश खनाल



सन्धिखर्क, अर्घाखाँची १० चैत्र । १२ वर्षमा खोला पनि र्फकन्छ भन्ने उखान नेपाली समाजमा चलि आएको उखान हो । तर अर्घाखाँचीमा १२ वर्ष सेवा गरेका स्वंगिय डाक्टर चित्र प्रसाद शर्मा वाग्लेको कार्यकाल पछि भताभुङ्ग जस्तै भएको जिल्ला अस्पताल फेरी पुरानै अवस्थामा जाने संकेतहरु आउन थालेका छन् । 

 


अर्घाखाँची जिल्ला अपस्तालमा २ वर्ष पछि पहिलो पटक भुईमा राखेर विरामीको उपचार गरिदै ।

 

स्वगिर्य डाक्टर अध्ययनका लागी विदेश गएपछि नयाँ – नयाँ डाक्टर आएपनि विरामीको सख्या घटेर अस्पतालका वेडमा कुकुर समेत सुतेका समाचार बाहिर आईरहेका थिए । तर अहिले अस्पतालमा फेरी पनि २ वर्ष अगाडी जस्तै वेड नभएर भुईमा राखेर विरामी जाँच गर्नु पर्ने अवस्था आयो, जसले अव अपस्ताल सुधारका तिर लागेछ भन्ने आभास सजिलै हुन थालेको छ ।  



अस्पतालमा विरामी लिएर गएका सन्धिखर्क ६ का तोज बहादुर रायमाझी नयाँ डाक्टर आएपछि राम्रै हुदै गएको थाहा पाएर आफुले विरामी लिएर गएको बताउदै भन्नुभयोर्,  डाक्टर चित्र भन्दा बढी राम्रो डाक्टर आए जस्तो महशुस गरेको बताउनुभयो । विरामी जाँदा विक्तिकै आफै जाच्ने राम्रो सल्लाह दिने, मध्यपान र कुलत नर्गन तमुशुक नै गराउने गरेको आफुले पाएको रायमाझीले बताउनुभयो ।

र्

 केहि समय अगाडी सम्म विरामी लैज्जादा डाक्टर नहुने, विरामीलाई कसैले वास्ता नगर्ने , जताततै फोहोर, रातीमा लाईट नहुने कति वेला कुकुरले टोक्ने हो भन्ने डर हुन्थ्यो अहिले सबै समस्या हल भएछ अर्का हंसपुरका विरामी कुरुवा टिकाराम पन्थीले बताउनुभयो ।



विगत ६ महिना यता दैनिक ओपिडी र ईमरजन्सीमा गरि ६०-७० जना विरामी आउने गरेको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख डाक्टर कृष्णाहरि सुवेदीले जानाकारी दिनुभयो । अपस्तालको ५-६ महिना अगाडीको तथ्याङ्ग हेर्ने हो भने दैनिक ८ देखी १० जना विरामी आउने गरेकोमा अहिले तेव्वर नै बृद्धि भएको पाईएको छ । कर्मचारी विच तालमेल नभएको अस्पतालको रुपमा चिनिएको अस्पतालमा अहिले भने सबै कर्मचारीको स्वर एउटै छ अव अपस्ताल प्रति गुनासो आउदै । 



आफुहरु प्रतिको जन गुनासो मेटाउन आफुहरु लागी परेको डाक्टर नविन दर्नालले बताउनुभयो । अस्पतालमा रहेका विरामीको भनाई थियो, हाम्रो अस्पतालले फेरी नयाँ जिवन पाउन थालेछ । निशुल्क पाउने ओषधी, ईसिजी सहज रुपमा नै पाएको विरामीहरुको भनाई रहेको थियो ।



डाक्टर सुवेदीका अनुसार ४ डाक्टरको दरवन्दीमा १ जना खाली, ल्याव टेक्निसियन ३ दरवन्दीमा २ खाली, रेडियोग्राफीको दरवन्दी खाली, पनेशुको दरवन्दी खाली, एचए २ दरवन्दीमा १ खाली, स्टार्फ नर्स ४ दरवन्दीमा १ खाली रहेको बताउनुभयो । सबै कर्मचारी फुल फिल हुने हो भने काम गर्न झनै सजिलो हुने डाक्टर लक्ष्मण शर्माले बताउनुभयो । विरामीको चापले गर्दा वेड नहुँदा कहिले काही भुईमा राखेर जाच्नु परेको डाक्टर सुवेदीको भनाई छ । सुवेदी जिल्लामा आएको आधा वर्ष  हुन थालेको छ । 




Copyright 2014 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु