गत दुई सातादेखि (मार्च आठ) बेपत्ता रहेको मलेसिया एअरलाइन्सको विमान दक्षिणी हिन्द महासागरमा दुर्घटना भएको निष्कर्षमा मलेसिया सरकार पुगेको छ । क्वलालम्पुरबाट चीनको बेइचिङका लागि उडेको बोइङ ७७७ एमएच ३७० विमानको खोजीको पछिल्लो डाटाको विश्लेषणबाट मलेसिया सरकार विमान दुर्घटनाको निष्कर्षमा पुगेको हो ।
मलेसियाली प्रधानमन्त्री नजिब रजकले आज साँझ पत्रकार सम्मेलन गरी अनुसन्धानको नयाँ विश्लेषणबाट विमान दक्षिणी हिन्द महासागरमा खसेको निष्कर्ष सुनाए । विभिन्न देशका खोजीकर्ताहरुले दक्षिणी हिन्द महासागरमा गरिरहेको अथक प्रयासको पाँचौं दिन मलेसिया यस्तो निष्कर्षमा पुगेको हो ।
त्यसअघि एअरलाइन्सले विमानमा रहेका २ सय ३९ यात्रुका आफन्तलाई विमान दुर्घटना भएको र कोही पनि जीवित हुने सम्भावना नरहेको सन्देश पठाएको थियो । बेलायतको विमान दुर्घटना अनुसन्धान शाखा र बेलायतकै इन्मारसत कम्पनीले स्याटलाइट डाटाको विश्लेषण गर्दै एमएच ३७० विमान हिन्द महासागरको दक्षिणी करिडोर हुदै उडेको र अष्ट्रेलियाको पर्थदेखि पश्चिम हिन्द महासागरको बीचमा खसेको निष्कर्ष दिएका छन् ।
उक्त स्थान निकै टाढा रहेको र त्यहाँ कहीं