यमनको पूर्वी हाद्रामावत प्रान्तमा रहेको एक सैन्य चेकप्वाइन्टमा गरिएको आक्रमणमा २० सैनिक मारिए

चैत्र १० । यमनको पूर्वी हाद्रामावत प्रान्तमा रहेको एक सैन्य चेकप्वाइन्टमा गरिएको आक्रमणमा २० सैनिक मारिएका छन् । यमनको सरकारी सञ्चारमाध्यम साबाका अनुसार विभिन्न सवारी साधनमा हतियारसहित आएका लडाकुको आक्रमणमा ६ सैनिक घाइते भएका छन् ।
अल कायदा अरबियन प्रायद्धीप लडाकु समूहको बलियो पकड रहेको हाद्रामावत क्षेत्र तेल उत्पादनका लागि महत्वपूर्ण मानिन्छ ।
पछिल्ला वर्षहरुमा यमनी सेनाले त्यस क्षेत्रमा अल कायदा विरुद्ध संघर्ष गरिरहेको छ । (एजेन्सी)