संविधानसभामा छुटेका पक्ष, वर्ग र व्यक्तित्वहरुलाई ल्याउन २६ सीटको व्यवस्था गरिए पनि दलहरु सीट भागबण्डामा

काठमाडौं, चैत्र ११ । संविधानसभाका मुख्य तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीबीच संविधानसभामा २६ जना सदस्यबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सभासद मनोनयन र संविधानसभामा समिति गठनलगायतका विषयमा छलफल भएको छ ।
बैठकमा एकीकृत माओवादीले एक साताभित्र सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठन गर्न माग गरेको थियो । बैठकपछि नेताहरुले संविधानसभा निर्वाचनबारे संसदीय समिति बनाउन पूर्व सहमति कार्यान्वयन गर्ने र मन्त्रिपरिषदले मनोनयन गर्ने संविधानसभाका २६ सदस्यमा कुन