रौतहट, चैत्र ११ । रौतहटका विभिन्न परीक्षा केन्द्रबाट पनि एक निरीक्षकसहित थुप्रै एसएलसीका परिक्षार्थी निष्कासनमा परेका छन् । सामाजिक विषयको परीक्षा भएकोमा रौतहटको यमुना उच्च मावि झुन्खुनवामा परीक्षार्थीलाई चीट चोराएको आरोपमा निरीक्षक केशक सिंहलाई निष्कासन गरिएको हो ।
यस्तै, रौतहटकै जनज्योति उच्च मावि चन्द्रनिगाहपुर परीक्षा केन्द्रबाट ५, सरस्वती उच्च मावि खेसरैयाबाट ३, जनता उच्च मावि औरयाबाट ४ र अनभूतिलाल उच्च मावि बसन्तपट्टीबाट १ जना गरी १४ परीक्षार्थी पनि निष्कासनमा परेका छन् ।
एसएलसीको पाँचौं दिनसम्म आइपुग्दा रौतहटबाट ६१ जना परिक्षार्थी निष्कासित भैसकेका छन् ।
उता, हुम्लामा पनि २ वटा परीक्षा केन्द्रबाट ६ जना निरीक्षक निष्कासित भएका छन् । परीक्षामा मर्यादा विपरितको काम गरेको भन्दै सदरमुकाम सिमीकोटको बालमन्दिर मावि केन्द्रबाट २ जना र मानसरोवर उच्च मावि केन्द्रबाट ४ जना निरीक्षकलाई निष्कासन गरिएको हाम्रा संवाददाताले जनाएका छन् । IMAGECHANNELS