सरकारद्धारा १५ दिनभित्र सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग गठन सम्बन्धी विधेयक संसदमा पेश गर्ने प्रतिबद्धता

काठमाडौं, चैत्र ११ । सरकारले १५ दिनभित्र सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग गठन सम्बन्धी विधेयक संसदमा पेश गर्ने प्रतिबद्धता जनाएको छ । व्यवस्थापिका संसदको आजको बैठकमा कानुनमन्त्री नरहरि आचार्यले सर्वोच्च अदालतको आदेश र दलहरुबीच भएको सहमति अनुसार विधेयक ल्याउने बताए ।
यसअघि संसदमा बोल्दै एकीकृत माओवादीका सभासद अग्नि सापकोटाले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोग गठनका लागि तत्काल विधेयक ल्याउन माग गरेका थिए ।
संसद बैठकमै बोल्दै कांग्रेस सभासद रामकृष्ण यादवले धनुषाको यदुकुवामा एसएलसी परीक्षाका क्रममा आज भएको झडपको छानबिन गर्न माग गरे ।
उनले विद्यार्थीमाथि गोली चलाउने प्रहरीलाई कारबाही गर्न र घाइते विद्यार्थीको उपचारको व्यवस्था गर्न समेत माग गरे । IMAGECHANNELS