चैत्र १२ । दक्षिणी हिन्द महासागरमा विलिन भएको दाबी गरिएको मलेसिया एअरलाइन्सको बेपत्ता विमानको खोजीकार्य अझै जारी छ । हिन्द महासागारको दक्षिणी क्षेत्रको मौसममा सुधार आएपछि आज बिहानबाट फेरी खोजी कार्य सुरु गरिएको हो ।
अष्ट्रेलियाको समन्वयमा भइरहेको खोजी कार्यमा मलेसिया, न्यूजिल्याण्ड र चीनले पनि सघाइरहेका छन् । मलेसियाका प्रधानमन्त्रीले मलेसिया विमानको उडान हिन्द महासागरमै टुंगिएको घोषणा गरेपछि सोही क्षेत्रमा विमानका अवेशषहरु खोज्ने कार्य सुचारु गरिएको हो ।
यता, चीनको राजधानी बेइजिङस्थित मलेसियाको दूतावासमा हराइरहेको विमानका यात्रुका परिवारजन र प्रहरीबीच झडप भएको छ । मलेसियाका प्रधानमन्त्री नजिब रजाकले नयाँ भू