संविधानसभाका मुख्य तीन दलबीच सरकार सञ्चालन र संविधान निमार्णमा सघाउने गरी उच्चस्तरीय समितिले काम गर्ने सहमति

काठमाडौं, चैत्र १२ । संविधानसभाका मुख्य तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीबीच सरकार सञ्चालन र संविधान निमार्णमा सघाउने गरी उच्चस्तरीय राजनीतिक समितिले काम गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको तीन दलका शीर्ष नेताको बैठकमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग पाँच दिनभित्र बनाउने सहमति भएको छ ।
त्यसैगरी, संविधानसभा निर्वाचनमा भएका क्रियाकलापको अध्ययन गर्न संसदीय समिति बनाउन पनि नेताहरु राजी भएका नेताहरुले बताएका छन् ।
मन्त्रिपरिषदले मनोनयन गर्ने संविधानसभाको २६ सीट दलहरुलाई भागवण्डा गरेर सदस्य मनोनीत गर्ने बारेमा पनि तीन दलका नेताले छलफल गरेका छन् ।
संविधानसभामा छुटेका पक्ष, वर्ग र व्यक्तित्वहरुलाई ल्याउन २६ सीटको व्यवस्था संविधानमा गरिएको हो । तर, दलहरुले सीट भागबण्डा गरेर आफ्ना मान्छे ल्याउन खोजेकामा दलकै केही नेता र जनस्तरमा आलोचना भैरहेको छ । 
  
IMAGECHANNELS