चैत्र १२ । मलेसियाका कार्यबाहक यातायात मन्त्री हिशामुद्धीन हुसैनले हराइरहेको मलेसिया एअरलाइन्सको एमएच ३७० विमानको सम्भावित नयाँ १ सय २२ टुक्राको पहिचान भएको बताएका छन् । उनले मार्च २३ मा लिइएका भू-उपग्रहका तस्वीरमा २३ मिटर लम्बाईसम्मका टुक्रा हिन्द महासागरमा देखिए पनि त्यहाँसम्म अझै पुग्न नसकिएको जानकारी दिए ।
हुसैनले ती टुक्रा पश्चिमी अष्ट्रेलियाको पर्थबाट करिब २५ सय ५७ किलोमिटर टाढा ,४ सय वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बताए । यसबारे अष्ट्रेलियाको बचाव तथा समन्वय केन्द्रलाई २५ मार्चमा जानकारी दिएको उनले उल्लेख गरे ।
कार्यबाहक यातायात मन्त्री हुसैनले हिन्द महासागरको दक्षिणमा जारी खोज अभियान अब पूर्वी र पश्चिमी क्षेत्रमा विभाजन गरिएको बताए । ती तस्वीरहरु एअरवस भू