अख्तियारद्धारा बैदेशिक रोजगार बिभागका निर्देशकसहित १० विरुद्ध मुद्दा

काठमाडौ, चैत्र १२ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवई जान लागेका ६३ र कतार जानलागेका १०९ जनाबाट घुस लिइ गलत कागजातका आधारमा विदेश पठाउन लागेको आरोप लागेका कर्मचारी तथा बिचौलीय विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
बुधबार आयोगले जारी गरेको बिज्ञप्ति अनुसार दुबई जाने ६३ जना व्यक्तिहरुबाट माघ ३ गते घुस लिने वैदेशीक रोजगार विभागका निर्देशक चिरन्जीवि अधिकारी, शाखा अधिकृत कुमार प्रसाद पोखरेल, नायव सुव्वा लक्ष्मी प्रसाद ढुंगाना र कम्प्युटर अपरेटर संजीव नेपाल समेतलाई विगो रु. १८,९०,००० सहित भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको माग सहित मुद्दा दायर गरिएको हो । 
त्यसैगरी विचौलीयाको काम गर्ने भिजन एण्ड भ्यालु ओभरसिजका श्रम प्रतिनिधी अनिल पन्थी उपर विगो रु. १,८९,००० कायम गरिएको छ । त्यस्तै संचालकको अनुमती नलिइ किट्स इम्प्लोइमेन्ट प्रा.लि.को लेटर हेड, छाप र संचालकको दस्तखत समेत आफैंले गरी पूर्व स्विकृती निकाल्ने र्यापिड इन्टरनेशनल प्रा.लि. वत्तिसपुतली श्रम प्रतिनिधी पुष्पराज लामिछाने उपर समेत भ्रष्टाचार निवारण ऐन सजायको मागदावी गरिएको छ । 
त्यस्तै कतार जाने १०९ जना व्यक्तिहरुबाट पुस २८ गते घुस लिएको आरोप लागेका विभागका निर्देशक अधिकारी, शाखा अधिकृत पोखरेल, नायव सुव्वा बस्नेत र कम्प्युटर अपरेटर शाक्य समेतलाई विगो ३२,७०,००० रुपैयाँ र सरकारी कागज समेत च्याती नष्ट गरेकोमा शाखा अधिकृत पोखरेल र नायव सुव्वा बस्नेतलाई हदैसम्मको सजायँको माग गरिएको छ । 
विभागबाट पूर्व स्विकृतीको फाइल समेत झिकि झिक्न लगाई विचौलीयाको काम गर्ने वेलास के.सी.लाई विगो ५,४५,००० रुपैयाँ कायम गरिको छ भने के.सि.लाई राहदानी र रकम संकलन गरी सघाउने सन्तोष अधिकारीलाई पनि सजायं माग गरिएको छ ।   
Ekantipur
प्रकाशित मिति: २०७० चैत्र १२