सन्धिखर्कमा राष्ट्रब्यापी भलिबल प्रतियोगीताको लागि परिसदको बैठक सम्पन्न


 

– प्रेमनारायण आचार्य 



सन्धिखर्क, अर्घाखाँची १३ चैत । अर्घाखाँचीको  सदरमुकाम सन्धिखर्कमा  जिल्लामै अहिले सम्मकै सबै भन्दा ठुलो राष्ट्रिय स्तरको भलिवल प्रतियोगिता आयोजनागर्न लागेको अर्घाखाँची युबा परिसदको  तयारी तथा ब्यबस्थापन बैठक सम्पन्न भएको छ । 



  अर्घाखाँची युवा परिषद सनिधखर्कले सदरमुकाम सन्धिखर्कमा नयाँ वर्षको अबसर पारेर  चैत्र २७ गते देखि राष्ट्रब्यापी खुल्ला भलिवल प्रतियोगिताको  आयोजना गर्न लागेको छ । 



 खेलको प्रचारप्रसारलाई तीव्र पारि राष्ट्रिय स्तरका टिमहरुलाई सहभागि गराउन राष्ट्रिय स्तरका टिमलाइ पत्राचार तथा खबर गर्ने कामलाइ निरन्तरता दिने र अन्य ब्यबस्थापनलाइ अझ मजबुद बनाउने बैठकले निणर्य गरेको परिसदका अध्यक्ष कृष्ण प्रसाद भुसालले बताए  । बैठकले राष्ट्रब्यापी भलिबल प्रतियोगीताको लागि परिसदका आजीबन सदस्य नरबहादुर रायमाझि (नरेश) ले एक लाख ११ हजार एक सय ११ रुपैया आर्थिक सहयोग गरेकोमा हार्दिक धन्यबाद ज्ञापन गरेको  छ ।   



   भलिबल प्रतियोगीतामा प्रथम हुने टिमलाइ एक लाख रुपैया नगद सहित शिल्ड , मेडल र प्रमाण पत्र , द्धितीय हुने टिमलाइ ५० हजार रुपैया नगद  र प्रमाण पत्र र तृतीय हुने टिमलाइ २५ हजार रुपैया नगद र प्रमाण पत्र प्रदान गरिने परिसदका अध्यक्ष भुसालको भनाइ छ ।



जिल्लालाई राष्ट्रिय रुपमा परिचित गराइ आन्तरिक पर्यटनमा टेवा पु-याउनुका साथै भलिवल प्रेमी दर्शकहरुलाई भलिवल खेलको भरपुर मनोञ्जन प्रदन गर्ने उद्देश्यले खेलको आयोजना गर्न लागेको परिसदको सचिब डिल्लीराज खनालले बताए । 

 

बैठक अर्घाखाँची युबा परिसदका अध्यक्ष कृष्णप्रसाद भुसालको अध्यक्षतामा सम्पन्न भएको हो । 

अन्य समाचारहरु