क्राइक्रियामा रुसको आडमा गराइएको जनमत संग्रहलाई राष्ट्रसंघको महासभाद्धारा अवैध ठहर

चैत्र १४ । क्राइक्रियामा रुसको आडमा गराइएको जनमत संग्रहलाई संयुक्त राष्ट्रसंघको महासभाले अवैध ठहर गरेको छ । राष्ट्रसंघमा भएको मतदानमा एक सय देशले रुसमा आबद्ध हुने कि नहुने भनी क्राइमियामा हालै गराइएको जनमत संगहलाई अवैध ठहर गर्ने प्रस्तावको पक्षमा मतदान गरेका हुन् ।
मतदानमा ११ देशले विपक्षमा मत दिए भने ५८ देशका प्रतिनिधि अनुपस्थित रहे । अन्तर्राष्ट्रिय मुद्रा कोषले युक्रेनलाई आर्थिक संकट सामना गर्न ठूलो मात्रामा ऋण सहयोग दिने घोषणा गरे लगत्तै राष्ट्रसंघको महासभामा क्राइमिया संकटबारे मतदान भएको थियो ।
महासभाले १६ मार्चमा भएको जनमत संग्रहलाई अवैध भन्दै क्राइमिया युक्रेनकै भू