– गणेश खनाल, फेसबूकबाट
सन्धिखर्क, अर्घाखाँची (२०७० चैत्र १४ शुक्रवार) । अर्घाखाँचीमा १९ गाविस खुल्ला दिशामुक्त गाविस घोषणा भएका छन् । सन् २०१४ सम्म अर्घाखाँची जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने अभियान अनुसार घोषणा गर्ने लहर चलेको छ ।
१ महिना भित्रमा जिल्लाका सबै जसो गाविस खुल्ला दिशामुक्त क्षेत्र घोषणा हुने नेष्ट तथा सिसेकका संयोजक विनोद शर्माले जानाकारी दिनुभयो । अव जिल्ला भर सुरक्षित शौचालय बनाउन २ हजार मात्र रहेको प्रागका सचिव प्रेम नारायण गैरेले बताउनु भयो ।
जिल्लाभर स्थानीय वासिन्दाहरुले घोषणा सभालाई तीव्रता बनाउन बाल क्वल, आमा समुह, विभिन्न समुह बनाएर कामलाई तीव्रता दिईरहेको ईकार्ड्सका गोपाल घिमिरेले बताउनु भयो । जिल्लामा लुम्विनी, प्राग, सिसेक, ईकाडस, नेष्ट लगाएतले सहजिकरण गरिरहेका छन् ।
७ वटा गाविस घोषणाको लागी तयारी अवस्थामा रहेको जिल्ला संयोजक विष्णु दवाडीले बताउनु भयो । सरसफाईको आन्दोलनमा सबैको सक्रिय सहभागिता रहेकाले निर्धारित समय भन्दा छिट्टै जिल्ला घोषणा हुने सम्भावना निकै बढेको ईकार्डसका कृष्णा शर्माले जानाकारी दिनुभयो ।
विकट गाविस भनेर चिनिएको असुरकोट सचेतनाको हिसावले निकै अगाडी
अर्घाखाँची जिल्लाको विकट गाविस भनेर चिनिएको असुरकोट गाविस सचेतनाको हिसावले भने निकै अगाडी रहेको छ ।
४२ गाविस रहेको अर्घाखॉचीमा खुल्ला दिशा मुक्त घोषणा र घर भित्रको धुवारहित घोषणा र १८ गते घोषणा हुने खोप मुक्त क्षेत्र घोषणामा पहिलो गाविसको रुपमा आफुलाई उम्भाउन सफल भएको छ । अर्घाखॉचीमा घोषणामा सबै भन्दा धेरै पहिलो हुने गाविस असुरकोट गाविस रहेको छ । १८ गते हुने घोषणा सभा संगै गाविसले ह््टिक गर्ने तयारी रहेको हेल्थपोष्ट ईन्चार्ज सुरेश गैरेले बताए ।
खोप मुक्त क्षेत्र घोषणाका लागी १२ देखी २३ महिना सम्मका बच्चाले नियमित रुपमा खोप लिईरहेकोले खोप मुक्त क्षेत्र घोषणा हुन लागेको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखॉचीका खोप अधिकृत राम प्रसाद गौतमले जानाकारी दिए । सकारात्मक कामको लागी सबै क्षेत्रका मानिसको तालमेल राम्रो संग हुने गरेकाले सबै कुरा राम्रो हुदै गएको स्थानीय बसन्ता मगरले बताइन् ।
कम जनसख्या भएकाले पनि सुरुवाती गर्न सजिलो हुने गरेको जनाईएको छ । कडा मेहनत र लगनशिल काम गरेकाले छिट्टै काम गर्न सजिलो भएको गैरेले बताए । जिल्लाका ५ गाविस पनि छिट्टै घोषणा हुने तयारीमा रहेको जिल्ला स्वास्थ्य प्रमुख कृष्णाहरि सुवेदीले जानाकारी दिए ।