भारतमा शुक्रबार भएको विमान दुर्घटनामा परी कम्तीमा पनि पाँचजनाको ज्यान गएको छ।
प्राप्त समाचारअनुसार भारतमा एउटा सानो कार्गो विमान दुर्घटना भएको हो। उक्त विमानमा रहेका पाँचजना चालक दलका सदस्य मारिएका छन्।
मध्यप्रदेशको ग्वालियरमा सो विमान खसेको बताइएको छ। दुर्घटनापछि सो क्षेत्रमा हाल उद्धार कार्य जारी रहेको अधिकारीहरुले जनाएका छन्।
उद्धारमा खटिरहेका अधिकारीहरुले सो दुर्घटनामा भएको क्षतिको विवरण केही क्षणपछिमात्र आउने जनाएका छन्।
तर पनि भारतको एनडिटिभीले भने सो दुर्घटनामा परी पाँच जनाको ज्यान गएको बताएको छ।
मध्यप्रदेशबाट सो विमान भारतको एक प्रसिद्ध पर्यटकीय सहर आग्रा जान लागेको थियो। आग्रा नपुग्दै सो विमान दुर्घटनाग्रस्त भएको थियो।
भारतीय हवाई सेनाको विमान दुर्घटनामा परेको भनी भारतीय सञ्चारमाध्यमहरुले समाचार सम्प्रेषण गरिरहेका बताइएको छ। रासस/एएफपी