चैत्र १५ । लिवियामा पूर्व शासक कर्णेल गद्धाफीका छोरा सादी गद्दाफीले कारागारबाटै माफी मागेका छन् । सरकारी टेलिभिजनमा प्रसारित दृश्यमा सादीले मुलुकको सुरक्षा र स्थीरतामा अवरोध सिर्जना गरेकोमा लिवियाली जनतासमक्ष माफी मागेको देखाइएको बीबीसीले जनाएको छ ।
ट्रिपोली कारागारमा रहेका ४० वर्षिय सादीले आफूले गरेका गलत कार्यप्रति माफी माग्दै हतियार सरकारलाई सुम्पन आग्रह समेत गरेका छन् ।
सन् २०११ मा गद्धाफीको हत्यापछि छिमेकीमुलुक नाइजर भागेका सादीलाई गत महिना लिविया समक्ष सुपुर्दगी गरिएको थियो ।
उनीमाथि गद्धाफीको शासनकालमा चर्किएको आन्दोलन दबाउन भूमिका खेलेको आरोप लगाइएको छ । Agencies