चैत्र १५ । अफगानिस्तानको राजधानी काबुलस्थित निर्वाचन आयोगको मुख्यालयमा तालिवान लडाकुहरुले भीषण आक्रमण गरेका छन् । अफगान प्रहरीले केही बन्दुकधारीले आयोग नजिकको घरमा घुसेर त्यहाँबाट स्वचालित हतियार र ग्रिनेटले आक्रमण गरेको जनाएको छ ।
आक्रमणका कारण आयोगको कार्यालयमा आगलागी भएपनि कोही पनि हताहत नभएको बताइएको छ । बन्दुकधारीहरु आयोगको मुख्यालयभित्र प्रवेश गर्न भने असफल भएको जनाइएको छ ।
तालिवानले केही दिनअघि पनि सोही कार्यालयमा आक्रमण गरेका थिए । अफगानिस्तानमा चैत्र २२ गते राष्ट्रपतिय निर्वाचन हुंँदैछ । तालिवानले चुनाव बहिष्कारको घोषणा गरेको छ । (एजेन्सी)