प्रधानमन्त्री सुशील कोइरालाद्धारा अबको एक वर्षभित्र संविधान जारी, ६ महिनाभित्रै सरकारले स्थानीय निकायको चुनाव गराउने दाबी

बर्दिया, चैत्र १५ । प्रधानमन्त्री सुशील कोइरालाले अबको ६ महिनाभित्रै सरकारले स्थानीय निकायको चुनाव गराउने दाबी गरेका छन् । 

बर्दियामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्थानीय निकायको चुनाव नहुँदा विकास निर्माणका कामले गति पाउन नसकेको र भ्रष्टाचार बढेको भन्दै ६ महिनाभित्रै चुनाव गराउने बताएका हुन् ।



स्थानीय निकायको चुनाव गराउने विषयमा सरकारले अरु दलसँग छलफल गरिरहेको भन्दै प्रधानमन्त्री कोइरालाले अन्ततः सबै दलको सहमतिमा ६ महिनाभित्र चुनाव गराउन सफल हुने विश्वास ब्यक्त गरे ।



उनले संविधान लेखनको प्रक्रिया सुरु भइसकेको भन्दै एक वर्षभित्र संविधान जारी गरेरै छाड्ने समेत बताए । – IMAGEKHABAR