लगभग २५ हजार मुक्तकमैया परिवारलाई पुनःस्थापना

सरकारले २४ हजार ८१२ मुक्तकमैया परिवारलाई पुनःस्थापना गरेको छ । 
 
कुल २७ हजार ५७० मुक्तकमैयामध्ये चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा ५६२ परिवारलाई जग्गा खरिद गरी पुनःस्थापना गरिसकिएको छ।
 
भूमिसुधार तथा व्यवस्थापन मन्त्रालयका अनुसार कुल १९ हजार ५९ मुक्त हलिया परिवारमध्ये सोही अवधिमा १० हजार ५९४ जना मुक्त हलिया परिवारको प्रमाणीकरण भइसकेको छ। 
 
सरकारले छ हजार ३८५ हलिया परिवारलाई परिचयपत्र उपलब्ध गराइसकेको उक्त मन्त्रालयका प्रवक्ता कृष्णराज विसीले बताए।
 
हलिया पुनःस्थापनासम्बन्धी कार्ययोजना गठनआदेश सरकारले यसै महिना स्वीकृत गरेको र मुक्त हलियाको पुनःस्थापनासम्बन्धी काम शीघ्र अघि बढाइने जानकारी पनि उनले दिए।रासस