शोभाखर पन्थी
चैत्र १६, सन्धिखर्क, अर्घाखाँची । सधै अरुका समाचार बनाउन व्यस्त रहने अर्घाखाँची जिल्लाका पत्रकारहरुमा आईतबार भने छुट्टै किसिमको रौनकता थियो । पत्रकार महासंघ स्थापना दिवसको अवसरमा पारी सबै पत्रकारहरुले आज दिनभर खुसीयालिमा दिन बिताए । विहान सन्धिखर्कको शान्ती बगैँचा चोकमा जम्मा भएका पत्रकारहरुले एक आपसमा अविर लगाई अंकमाल गरेर आपसमा शुभकामना आदानप्रदान गर्नुका साथै मिठाई वितरण समेत गरेका थिए ।
मिठाई वितरण र अविरार्पण पछि शान्ती बगैँचा चोकबाट निस्किएको पत्रकारहरुको प्रभातफेरी मिडियाचोक, उपल्लोलाईन हुँदै पुःन शान्ती बगैँचा चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभामा मन्तव्य राख्दै पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष शोभाखर पन्थीले पत्रकारका समस्या प्रति राज्य उदासिन भएको बताउँदै, प्रेश स्वतन्त्रता विनाको लोकतान्त्रको कुनै औचित्य नहुने बताउनु भयो ।
१२ घण्टाभन्दा बढी जनताको सेवामा समर्पित हुने पत्रकारहरु भोकभोकै बस्नु पर्ने बाध्यता सीर्जना भएको बताउँदै, पन्थीले श्रमअनुसारको ज्याला तोक्न राज्यको ध्यानाकर्षण गराउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सचिव बासुदेव आचार्य, पत्रकार महासंघका उपाध्यक्ष हिम बहादुर जि.सी. “लेकाली”, जिल्ला सचिव प्रेमनारायण आचार्य, प्रेश युनियनका जिल्ला सभापति सुर्य प्रसाद भुसाल, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष तथा महासंघका जिल्ला कोषाध्यक्ष गणेश खनाल, लगायतले मन्तव्य राख्नु भएको थियो ।