सरकार र विद्रोहीबीचको संघर्षका कारण दक्षिणी सुडानमा १० लाख ब्यक्ति विस्थापित

चैत्र १६ । सरकार र विद्रोहीबीचको संघर्षका कारण दक्षिणी सुडानमा १० लाख ब्यक्ति विस्थापित भएका छन् । सुडानी राष्ट्रपति साल्भा कीरको सेना र पूर्व उपराष्ट्रपति रिक मचारप्रति बफादार सेनाबीच जातीय दंगा मच्चिँदा लाखांै जनता विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
हिंसा रोक्न दुबै पक्षले गत जनवरीमा सहमति गरेपनि फेरि केही महिनामै दुबै पक्ष संघर्षमा उत्रँदा लाखौं सुडानी नागरिक आफनो थातथलो छाडेर छिमेकी मुलुक पलायन हुन बाध्य भएका हुन् ।
यता सुडानमा बसेका जनतामा पनि खाद्यान्न अभाव चरम देखिएको छ । गत डिसेम्बर १५ मा राष्ट्रपति साल्भा किर र उनले हटाएका उपराष्ट्रपति रिक मचारले कू गर्ने प्रयास गरेपछि शुरु भएको संघर्ष अझैसम्म जारी छ । Agencies