चैत्र १६ । मलेशिया एअरलाइन्स्को वेपत्ता एमएच ३७० विमानमा रहेका चिनियाँ यात्रुका आफन्तहरुले मलेशिया सरकारप्रति तीब्र आक्रोश पोखेका छन् । बेइजिङबाट क्वालालाम्पुर पुगेका उनीहरुले सत्यतथ्य जानकारी गराउनु पर्ने भन्दै नारावाजी गरेका छन् ।
मलेशियाली प्रधानमन्त्री नजिब रजकले गलत सूचना प्रवाह गरेको भन्दै उनीहरुले रजकले माफी माग्नु पर्ने माग गरेका छन् ।
प्रधानमन्त्री रजकले केही दिनअघि वेपत्ता विमान दूर्घटनाग्रस्त भएको र विमानमा रहेका कोही पनि जिवित नभएको बताउनु भएको थियो । प्रधानमन्त्री रजाकको घोषणा कुनै तथ्यमा आधारित नभएको र उत्तरदायित्व बिना गरिएको उनीहरुको आरोप छ ।
उक्त विमानमा १ सय ५३ चिनियाँ यात्रु सहित २ सय ३९ जना सवार थिए । गत मार्च ८ देखी हराइरहेको विमानको पछिल्लो पटक दशवटा हवाई जहाज र आठ वटा पानी जहाजले हिन्द महासागरमा खोजी गरिरहेका छन् ।
तर खराब मौसमका कारण खोजी प्रभावित भैरहेको छ । विभिन्न मुलुकले स्याटलाइटको माध्यमबाट विमानका सम्भावित टुक्राका सयौं तस्वीरहरु सार्वजनिक गरेपनि समुद्रमा तैरिएका ती टुक्रासम्म अभैm पुग्न सकिएको छैन । यता मलेशियाली अधिकारीहरुले भने खोजीबारेको दैनिक नियमित पत्रकार सम्मेलन रद्ध गरेका छन् । Agencies