चैत्र १६ । सन् २०१२ को जुलाईदेखि जुन २०१३ सम्म नेपालमा एक सय ८९ वटा बलात्कार भएको तथ्याङ्ग सार्वजनिक गरिएको छ । राष्ट्रिय महिला आयोग र महिला मानव अधिकार रक्षक राष्ट्रिय सञ्जालले आज राजधानीमा गरेको कार्यक्रममा यस अवधिमा ३५ वटा बलात्कारकारका प्रयास भएको दाबी गरिएको हो ।
महिला हिंसा विरुद्धका कानुनको कडाईका साथ कार्यान्वयन नहुँदा बलात्कारका घटना बढेको कार्यक्रमका सहभागीले बताएका थिए । कार्यक्रममा कांग्रेस सभासद् बलबहादुर केसी, एमाओवादी सभासद् निशा शाह लगायतले बलात्कार सम्बन्धि कानूनलाई कडाईका साथ लागू गराउन संसदमा पहल गर्ने बताएका थिए ।
कार्यक्रमका अन्य वक्ताहरुले जबर्जस्ती करणी सम्बन्धि विद्यमान ऐनमा तुरुन्त संशोधन गरी महिलालाई सुरक्षित रुपमा बाँच्न दिनुपर्नेमा जोड दिएका थिए । IMAGEKHABAR