यूक्रेन समस्याको समाधान खोज्न अमेरिका र रुसबीच भएको वार्ता परिणामविहीन

चैत्र १७ ।  यूक्रेन समस्याको समाधान खोज्न अमेरिका र रुसबीच भएको वार्ता बिना निष्कर्ष टुंग्गिएको छ । 
फ्रान्सको राजधानी पेरिसमा भएको दुई देशका विदेश मन्त्रीबीच कूटनीतिक निकास खोज्ने प्रयास भएपनि वार्ता परिणामविहीन भएको हो । खुला रुपमा छलफल भएपनि कूटनीतिक निकास भने ननिस्किएको अमेरिकी विदेश मन्त्री जोन केरीको भनाइ छ ।
यूक्रेनका जनतालाई स्वीकार्य नहुने निर्णयका पक्षमा आफूहरु नरहेको अमेरिकी भनाइ छ । यूक्रेनको पूर्वी सीमाबाट रुसी सेना फिर्ता जानुपर्ने माग केरीले रुसी समकक्षीसँग राखेका थिए ।क्राइमिया रुसमा गा निर्णयको आफूहरुले अवैध मानेको केरीले रुसी विदेशमन्त्री सरगेई लावरोभसमक्ष राखेका थिए । लावरोभले भने यूक्रेन एक संघीय राज्य बन्नुपर्ने र यसका लागि नयाँ संविधान बनाउनुपर्ने बताएका छन् । AGENCIES