चैत्र १७ । अष्ट्रेलियाका प्रधानमन्त्री टोनी एवोटले मलेशिया एअरलाइन्सको वेपत्ता एमएच ३७० विमानको खोजीमा संलग्न टोलीले यसको कुनै समयसीमा नतोकेको बताएका छन् । अष्ट्रेलियाको पर्थ शहर नजिक सञ्चारकर्मीहरुसँग वेपत्ता विमानको खोजी भने जारी रहने र यसको आकार नघट्ने उनले बताए ।
गत मार्च ८ देखि हराइरहेको विमानको पछिल्लो पटक दश वटा हवाई जहाज र दश वटा पानी जहाजले पर्थको दक्षिण पश्चिम हिन्द महासागरमा खोजी गरिरहेका छन् । तर खराब मौसमका कारण खोजी प्रभावित भैरहेको छ ।
क्वालालाम्पुरबाट बेइजिङका लागि उडेको उक्त विमानमा १ सय ५३ चिनियाँ यात्रुसहित २ सय ३९ जना सवार थिए । विभिन्न मुलुकले स्याटलाइटको माध्यमबाट विमानका सम्भावित टुक्राका सयौं तस्वीर सार्वजनिक गरेपनि समुद्रमा तैरिएका ती टुक्रासम्म अभैm पुग्न सकिएको छैन ।
मलेशियाले वेपत्ता विमान दूर्घटनाग्रस्त भएको र विमानमा रहेका कोही पनि जिवित नभएको बताइसकेको छ भने खोजीबारेको दैनिक नियमित पत्रकार सम्मेलन पनि रद्ध गरेको छ । AGENCIES