पाकिस्तानको एक अदालतद्धारा पूर्व राष्ट्रपति मुसर्रफमाथि देशद्रोहको आरोप मुद्दा

चैत्र १७ । पाकिस्तानको एक अदालतले पूर्व राष्ट्रपति परवेज मुसर्रफमाथि देशद्रोहको आरोपमा अदालती कारबाही अगाडि बढाउने निर्णय गरेको छ । पूवै सैनिक शासक मुसर्रफ विरुद्ध देशद्रोहको मुद्दा चलिरहेको छ ।
मुसर्रफले भने आफू राष्ट्रभक्त भएको जिकिर गरेका छन् । सन् २००७ मा गैरकानूनी ढंगले संविधान निलम्बित गरेर संकटकाल लगाएको आरोप उनमाथि लागेको छ । मुसर्रफले भने आरोपलाई राजनीतिक प्रेरितको संज्ञा दिएका छन् ।
आरोप प्रमाणित भए मुसर्रफलाई मृत्युदण्डसम्मको सजाय हुन सक्छ । उनीविरुद्ध अरु मुद्दा पनि चलाइएको छ । सन् २००१ देखि सन् २००८ सम्म राष्ट्रपति रहेका मुसर्रफ पाकिस्तानमा लामो समयसम्म शासन गर्ने शासक मध्ये एक मानिन्छन् ।
राष्ट्रपति पद छोडेपछि सन् २००८ देखि स्वनिर्वासनमा गएका उनी सन् २०१३ मा स्वदेश फर्किएका थिए । स्वदेश फर्किएर चुनावमा भाग लिन पार्टी खोले पनि चुनावमा उठ्न अयोग्य घोषित गरिएको थियो । (एजेन्सी)