प्रधानन्यायाधीशमा कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मालाई नियुक्त गर्ने सिफारिस

संवैधानिक परिषद्को आज बसेको बैठकले प्रधानन्यायाधीशमा कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मालाई नियुक्त गर्ने सिफारिस गरेको छ। 
 
कानुनी प्रक्रियाअनुरुप सो नामलाई संसदीय सुनुवाइबाट अनुमोदन गर्नुपर्ने प्रावधान छ। संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीशमा नियुक्त गरिन्छ। 
 
प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले सो नियुक्तिको सिफारिस गरेको कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्यले जानकारी दिए ।
 
तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद्का अध्यक्ष नियुक्त भएपछि वरिष्ठ न्यायाधीशका रुपमा शर्माले कामु प्रधानन्यायाधीशका रुपमा कार्य गर्दैआएका छन् ।रासस